दोलखाका स्थानीय सरकारको बेरुजु घट्यो, विगु र वैतेश्वरमा अझै बढी

काठमाडौं, २०८३ जेठ – महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा दोलखाका अधिकांश स्थानीय सरकारको बेरुजु रकम घटेको छ।
जिल्लाका ७ स्थानीय सरकारको बेरुजु एक प्रतिशतभन्दा कम देखिंदा विगु गाउँपालिकामा २.०७ प्रतिशत बेरुजु कायम रहँदा जिल्लामा सबैभन्दा बढी भएको छ। अघिल्लो वर्ष ४.४८ प्रतिशत बेरुजु घटाए पनि विगु नै शीर्ष स्थानमा रह्यो।
प्रतिवेदन अनुसार वैतेश्वर गाउँपालिकामा बेरुजु बढेर १.५१ प्रतिशत पुगेको छ। शैलुङ गाउँपालिकामा सबैभन्दा कम बेरुजु (०.३७%) देखिएको छ, त्यसपछि मेलुङ गाउँपालिका (०.४०%) दोस्रो स्थानमा रहेकाे उल्लेख छ।
अन्य पालिकाहरूमा बेरुजु: तामाकोशी (०.४५%), गौरीशंकर (०.५९%), कालिञ्चोक (०.६४%), जिरी नगरपालिका (०.७५%), भीमेश्वर नगरपालिका (०.७८%)। त्यस्तै जिरीमा अघिल्लो वर्षको ०.१७% बाट बढेर ०.७५% पुगेको छ भने भीमेश्वरले १.४९% घटाएर ०.७८% मा सीमित गरेको छ।
महालेखाले बढ्दो बेरुजुलाई वित्तीय अनुशासनको संकट र सुशासनमा चुनौतीको रूपमा औंल्याएको छ। असारे विकास, प्रक्रिया नपु¥याई दिइने पेस्की र असुलीमा बेवास्ता जस्ता कारणले बेथिति बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
यसरी, दोलखाका अधिकांश स्थानीय सरकारले बेरुजु घटाएका छन्, तर विगु र वैतेश्वरमा अझै बढी चुनौती देखिएको छ।