Headlineप्रविधि विशेष

पोखरामा बजाज चेतक ईभीको नयाँ एक्सपेरियन्स जोन

कास्की, पाेखरा ३ जेठ २०८३ – पोखराको नयाँबजारमा बजाज चेतक ईभीले आफ्नो विस्तार यात्रालाई नयाँ उचाइमा पुर्‍याउँदै विशेष चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ।

वैशाख ३१ गते आयोजित उद्घाटन समारोहसँगै सुरु गरिएको यो शो रुमले आधुनिक ईभी प्रयोगकर्ताको बदलिँदो जीवनशैलीलाई ध्यानमा राखेर प्रविधि, सहजता तथा ग्राहककेन्द्रित सेवाहरू उपलब्ध गराउने लक्ष्य राखेको छ।

एकै स्थानमा सम्पूर्ण सुविधा दिने उद्देश्यका साथ सवारी प्रदर्शन, टेस्ट राइड, खरिद परामर्श तथा विशेष सेवा सुविधा भएकाेले ग्राहकले सवारीका विशेषता डिजिटल माध्यमबाट बुझ्न सक्ने र प्रशिक्षित ईभी विज्ञबाट विद्युतीय सवारी, चार्जिङ समाधान तथा स्मार्ट फिचरबारे परामर्श लिन सकिने आयाेजकले बताएका छन् ।

आधुनिक इन्टेरियर र इन्टरएक्टिभ टचपोइन्ट समेत समावेश गरिएकाे यस साधनमा चेतकको आकर्षक र परिष्कृत पहिचानलाई प्रतिविम्बित गर्ने डिजाइन गरिएकाे बताइएकाे छ ।

गोल्छा ग्रुपका प्रतिनिधि तथा नेपालका लागि बजाज दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिको व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो।

यस एक्सपेरियन्स जोनले ग्राहकलाई उत्कृष्ट अनुभव दिलाउने उद्देश्य राखेको छ, जहाँ प्रविधि र सेवाको संयोजनले चेतक ईभीलाई अझ आकर्षक बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button