Breaking Newsखेलकुदसमाचार

आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ खेल्ने नेपाली टिम घोषणा

स्कटल्याण्ड र अमेरिकासँगको सिरिज खेल्ने नेपाली टिममा ईशान पाण्डेकाे प्रवेश, तर शेर मल्ल, सन्दिप झाेरा र पवन खेलमा अटाएनन्

काठमाडाैं वेशाख २८ – नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ मा स्कटल्याण्ड र अमेरिकासँग हुने सिरिजका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टिम सार्वजनिक गरेको छ।

यस लिगमा रोहित पौडेल कप्तान, दीपेन्द्र सिंह ऐरी उपकप्तान रहनेछन्। यस सिरिजमा ईशान पाण्डेलाई पहिलोपटक अवसर दिइएको छ। अभ्यास खेलमा स्तरीय प्रदर्शन गर्नेहरूमा शेर मल्ल, सन्दिप झाेरा र पवन खेलमा अटाएनन्

खेल तालिका: मे १२ – नेपाल बनाम स्कटल्याण्ड मे १४ – स्कटल्याण्ड बनाम अमेरिका मे १६ – नेपाल बनाम अमेरिका मे १८ – नेपाल बनाम स्कटल्याण्ड मे २० – स्कटल्याण्ड बनाम अमेरिका मे २२ – नेपाल बनाम अमेरिका रहेकाे छ ।

  • खेल मैदान: सिरिज मे १२ देखि २२ सम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ।
  • टिम सदस्यहरू: रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, अर्जुन कुमाल, सोमपाल कामी, विनोद भण्डारी, करण केसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button