
स्पाेर्ट्स इण्डिया – काठमाण्डाैं वेशाख २८ –
रोयल च्यालेन्जर्स बेंगलोर (RCB) ले मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेसँगै मुम्बइ प्लेअफबाट बाहिरिएकाे छ । त्यस्तै चेन्नईसँग हार बेहोरेपछि लखनउ सुपर जायन्ट्स पनि प्लेअफ दौडबाट बाहिरियो ।
मुम्बईले पहिलो ब्याटिङमा २० ओभरमा ७ विकेट गुमाउँदै १६६ रन बनायो; तिलक बर्माले ५७ रनको अर्धशतक खेलेकाेमा रोयल च्यालेन्जर्स बेंगलोर (RCB) ले अन्तिम बलमा लक्ष्य पूरा गर्दै १६७ रन बनाए; कुर्नाल पाण्ड्याले ७३ रनको उत्कृष्ट पारी खेले ।
बलिङ प्रदर्शनमा मुम्बईका कोर्विन बोस्चले ४ विकेट लिए भने आरसीबीका भुवनेश्वर कुमारले पनि ४ विकेट लिएका थिए ।
अंकतालिका स्थितिमा ११ खेलमा ७ जितसहित १४ अंक बटुलेर आरसीबी शीर्ष स्थानमा उक्लियो; मुम्बई र लखनउसँग ३ जित मात्र रहँदा ६ अंकमा सीमित भए ।
अब आगामी खेल सोमबार पन्जाब किङ्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुने जनाइएकाे छ ।