Headlineराजनितिविचार

प्रधानमन्त्रीहरूबीच अविश्वासको टकराव

जेन–जी विद्रोहपछि बनेको अन्तरिम सरकार र पछिल्लो सत्ता–परिवर्तनले दुई प्रधानमन्त्रीबीचको सम्बन्धलाई टकरावमा बदलिदिएको छ

कुाै पनि पदमा पुग्नुभन्दा अगाडि राजनीतिक नेतृत्वकर्ता हाेउन् या संसदीय नेतृत्व, सबैकाे मुखबाट सुनिने वाक्य भनेकै ‘देश र जनताकाे स्तराेन्नतिका लागि हरतरहले अग्रसरता जनाउने’ हाे । तर पदमा पुगेपछि आफ्ना विश्वासपात्रलाई पदमा राख्ने र आफन्तलाई जागीरकाे ठूला पदमा पुर्याउने धन्दामा लाग्ने नेपालकाे पुरातनवादीबाट काेही अछूताे रहेका छैनन् ।

यही घटना वर्तमान परिप्रेक्षमा नेपालमा देखिंदै आएकाे छ । ०८२ सालको जेन–जी विद्रोहपछि बनेको अन्तरिम सरकारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भइन्। सुरुवाती दिनमा काठमाडौंका तत्कालीन मेयर बालेन शाहसँग सहकार्य देखिए पनि यही आफ्ना र आफन्तकै कारण समयसँगै एकदमै निकट मानिएकाे सम्बन्ध बिग्रियो।

मुख्य कारणहरू खाेतलिरहन जरुरी नहाेला तथापि पहिलाे त गृहमन्त्री विवाद नै स्पष्ट छ । निवर्तमान प्रधानमन्त्री कार्कीले ओमप्रकाश अर्याललाई गृहमन्त्री रोज्दा बालेन असन्तुष्ट भए। यसले तत्कालीन सत्ता साझेदारीमा दरार ल्यायो। दाेस्राेमा पद व्यवस्थापनमा टकराव हाे, जब कार्कीले आफ्ना विश्वासपात्रलाई पदमा राख्ने प्रयास गरिन्, तब बालेनले भिन्न नाम सिफारिस गरे। यसले राजनीतिक इगो बढायो।

तेस्राे कारण चाहिँ भरखरै मात्र रास्वपा सरकारसम्बद्ध संवेधानिक परिषद्ले प्रधानन्यायधीस सिफारिसका लागि न्यायालयमा वरीयता मिचिएको आरोप । जसमा बालेनले चौथो नम्बरका न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गर्दा कार्कीले संवैधानिक गल्ती ठहर गर्दै मिडियामा असन्ताेष व्यक्त गरिन् । यसरी जेन–जी विद्रोहपछि बनेको अन्तरिम सरकार र पछिल्लो सत्ता–परिवर्तनले दुई प्रधानमन्त्रीबीचको सम्बन्धलाई टकरावमा बदलिदिएको राजनीतिक तर्क रहेकाे छ

यी घटनाले देखाउँछ कि प्रारम्भिक सहकार्य व्यक्तिगत स्वार्थ, पद–व्यवस्थापन र संवैधानिक व्याख्यामा टकरावका कारण असन्तुष्टिमा बदलियो। हिजोका सहयात्रीहरू आज कट्टर प्रतिद्वन्द्वी बनेका छन्, जसले नेपालको राजनीतिक स्थायित्वबारे गम्भीर प्रश्न उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button