Headlineअपराध घटनासमाचार

भारतीय नागरिकहरू वीरगञ्ज क्यासिनोमा गाेप्य माध्यमले प्रवेश गरेकाे खुलासा

पर्सा, वीरगञ्ज वैशाख २७ – सीमावर्ती सहर वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत रूपमा प्रवेश गरेको आरोपमा भारतको विहार राज्यका पाँच नागरिक र एक नेपाली पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाका आधारमा शनिबार राति गरेको अपरेशनमा उनीहरूलाई किङ्स क्यासिनो, फर्चुन सिटी गेमिङ क्लब र क्यासिनो माजोङबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूबाट नगद रकम र दुई मोबाइल फोन बरामद गरिएको छ।

प्रतिकात्मक तस्बिर

प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा भारतीय नागरिकहरूको क्यासिनो प्रवेश बढ्दै गएको छ, जसले जुवा, हवाला कारोबार र शङ्कास्पद आर्थिक गतिविधिसँग सम्बन्धित जोखिम बढाएको छ।

नेपालमा विदेशीलाई लक्षित गरेर क्यासिनो सञ्चालनको अनुमति भए पनि व्यवहारमा नेपाली नागरिकसमेत प्रवेश गर्ने गरेको गुनासो पुरानै हो। यसपटक पक्राउ परेका नेपाली नागरिक जमुदिन मियाँ अन्सारीको भूमिकाबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले सीमावर्ती क्षेत्रमा हुने अवैध जुवा तथा आर्थिक गतिविधिमाथि निगरानी अझ कडा बनाइने चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button