
काठमाडाैं, वैशाख २५ – काठमाडाैंकाे कागेश्वरीमनहरा नगरपालिकाकाे माथिल्लो मुलपानी मैदानमा विहिबार सम्पन्न खेलमा नेपाल ए ले स्कटल्याण्डलाई ४५ रनले पराजित गरेको हो ।
नेपाल ए ले दिएको २७८ रनको लक्ष्य पछाएको स्कटल्याण्डले ४८.२ ओभरमा अल आउट हुदै २३२ रन मात्र बनाएको थियो ।
यस अघि नेपालले पहिला ब्याटिंग गर्दै देव खनालको सर्बाधिक ६३, मयन यादवको ४५, सन्दीप जोराको ३४ र पवन सराफको ३१ रनको मद्धतले ५० ओभरमा ८ विकेट गुमाएर २७७ रन बनाएको थियो । अर्को खेल शुक्रबार अमेरिकासँग खेल्ने तालिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?