Headlineअपराध घटनासमाचार
लुटपाट तथा चोरीमा संलग्न दुई जना पक्राउ

काठमाडाैं वैशाख २३ – काठमाडौंमा लुटपाट तथा चोरीमा संलग्न भएकाे अभियाेगमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी–९ बोडे बस्ने ३० वर्षीय बिकेस राजबाहक र काठमाडौं महानगरपालिका–१९ डल्लु बस्ने ३४ वर्षीय अरूण भुजेल रहेका छन् ।
उनीहरूले काठमाडौं–२९ इन्द्रचोकस्थित ज्वेलरीमा हतियार देखाई लुटपाट गर्ने प्रयास गरेकाे सूचना पश्चात्काे अनुसन्धानले देखाएको छ कि २०८२ पुस २१ गते मासं गल्लीस्थित होलसेल पसलमा पनि पेस्तोल देखाई सुनको सिक्री, नगद ४ लाख, मोबाइल लुटेका थिए।
प्रहरीले उनीहरूको साथबाट चाइनिज पेस्तोल, म्याग्जिन, गोली, नक र घटनामा प्रयोग भएको स्कुटर बरामद गरेको छ। यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?