Headlineखेलकुदसमाचार

आज नेपाल र ओमानबीच आईसीसी पुरुष क्रिकेटकाे अन्तिम खेल हुँदै

काठमाडाैं, वैशाख २३ – आज बिहान ९:३० बजे टियु क्रिकेट मैदानमा नेपाल र ओमानबीच आईसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग–२ अन्तर्गत अन्तिम खेल हुँदैछ।

हालसम्मकाे आईसीसी पुरुष क्रिकेटकाे खेलकाे अंकतालिकाकाे स्थिति हेर्दा ओमान २७ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा रहेकाे छ भने नेपाल २३ खेलमा १६ अंकसहित सातौं स्थानमा रहेकाे छ ।

हालसम्मको प्रदर्शनमा पछिल्लाे पटक नेपालले युएईविरुद्ध दुवै खेल जितेको छ तर ओमानसँग अघिल्लो खेलमा हार बेहोरेको थियो। ओमानले युएईसँग दुवै खेल हारे तर नेपाललाई पहिलो खेलमा पराजित गरेको थियो।

प्रत्यक्ष भिडन्तकाे इतिहासमा नेपाल र ओमान एकदिवसीय क्रिकेटमा अहिलेसम्म ८ पटक आमने–सामने भएका छन्। ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ।

नेपाली टिममा कप्तान रोहित पौडेल, उप–कप्तान दीपेन्द्र सिंह ऐरीसहित कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र कारण केसी टोलीमा रहेका छन्।

सारमा: आजको खेल नेपालका लागि प्रतिष्ठा र अंक दुवै दृष्टिले महत्त्वपूर्ण छ, जहाँ ओमान बलियो प्रतिद्वन्द्वीका रूपमा उभिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button