Headlineसमाचारस्वास्थ

इन्धन दुरुपयाेगबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरे विज्ञप्ति

आन्दोलनका क्रममा जलेका सवारी साधनहरूको नाममा इन्धन दुरुपयोग भएको भन्ने समाचारकाे खण्डन गर्दै मन्त्रालय भन्छ- ‘सञ्चार माध्यमले सत्य र तथ्यमा आधारित समाचार मात्र प्रकाशित गर्नु’

काठमाडाैं २०८३ वैशाख २१ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनका क्रममा जलेका सवारी साधनहरूको नाममा इन्धन दुरुपयोग भएको भन्ने समाचारलाई खण्डन गरेको छ।

मन्त्रालयले सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएका यस्ता समाचारप्रति गम्भीर ध्यानाकर्षण गर्दै सहसचिवस्तरको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिले प्रहरी मुचुल्का, इन्धन अभिलेख, भुक्तानी विवरण लगायतका कागजात अध्ययन गरी जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको छ।

मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा अपुष्ट र भ्रम फैलाउने सामग्री प्रकाशन नगर्न सञ्चार माध्यम तथा प्रयोगकर्तालाई अनुरोध गरिएको छ।

मन्त्रालयले पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै सत्यतथ्यमा आधारित सूचना मात्र प्रवाह गर्न आग्रह गरेको छ।

मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा इन्धन दुरुपयोगको आरोपलाई असत्य ठहर गर्दै छानबिन समितिको निष्कर्ष सार्वजनिक गरेको छ र सञ्चार माध्यमलाई तथ्यमा आधारित समाचार मात्र प्रकाशित गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button