Headlineघटना दुर्घटना
राेल्पाकाे जलजलामा बाेलेराे दुर्घटना, १७ जनाकाे निधन

काठमाडाैं, वेशाख १७ – रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।
स्थानीय प्रहरी स्राेतका अनुसार रोल्पाको थवाङ गाउँपालिका-१, जलजलामा बोलेरो भीरबाट खस्दा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ।
थवाङ गाउँपालिका–१ जलजलामा लु १ ज ४१६७ नम्बरको बोलेरो जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?