Headlineप्रदेश खबरसमाचार

प्रधानमन्त्रीकाे राजीनामा माग्दै विराेधमा उत्रे जनकपुरधामका गुठी जग्गा प्रयाेगकर्ताहरू

जनकपुरधाम वैशाख १७ – गुठी–कुटी भूमिहीन घरजग्गा व्यवस्थापन समितिका सदस्यहरूले गुठीको जग्गामा बनाइएका घर भत्काउने हल्लाविरुद्ध जनकपुरधाममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को राजीनामा माग्दै विराेधमा उत्रेका छन् ।

संघीय सरकारले भूमिहीनहरूको घरमा डोजर चलाएर आतंक मच्चाएको आरोप लगाउँदै विराेध प्रदर्शनकारीहरूले पुनर्स्थापनाबिना घर भत्काउन नहुने र बसोबास गरेको जग्गाको लालपुर्जा दिनुपर्ने माग राखेका छन्।

प्रदर्शनकारीहरूले गुठी, उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय अगाडि विभिन्न माग सहितकाे प्लेटकार्ड बाेकेर विरोध प्रदर्शन गरेका थिए। २०६२ सालको कार्यदल प्रतिवेदनअनुसार गुठीको करिब १० बिघा जग्गा अतिक्रमणमा परेको देखिएको छ।

मठ–मन्दिरका लागि दिइएको जग्गा तत्कालीन महन्थहरूले अवैध रूपमा बिक्री वितरण गरेको र त्यहाँ बस्ने अधिकांश मानिसहरू सुकुम्बासी नभई खाने–हुने वर्गका रहेको उल्लेख छ।

गुठीले मठ–मन्दिरको खर्च व्यवस्थापनका लागि जग्गा दिएको थियो; तर समयक्रममा ती जग्गा बिक्री/वितरण भई विवाद उत्पन्न भएको र बसोबास गर्नेहरू पुनर्स्थापनाको माग गर्दै आएका छन्। यदि स्थानीय प्रशासन वा गुठीसँग वार्ता नगरी सरकार अगाडि बढेमा थप आन्दोलन हुने संकेत देखिएको छ।

जनकपुरधामस्थित गुठी तथा कुटी परिसरका केही नागरिकहरूले भने साे प्रदर्शन गरिनुमा सत्ता विपक्षी राजनितिक दलले वर्तमान सरकारकाे कदमकाे गलत अर्थ लगाएर स्थानीयहरूमा भ्रम सिर्जना गराइ उक्साइरहेकाे बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button