
काठमाडाैं, वेशाख १६ (नयाँ परिवेश) – नेपाल सरकारले अन्तर्राष्ट्रियस्तरमा देखिएकाे इन्धनकाे प्रतिकूल प्रभावसंगै सार्वजनिक यातायातको भाडा फेरि वृद्धि गरेको जानकारी दिएकाे छ।
मन्त्रीस्तरको निर्णयअनुसार यात्रुवाहक तथा मालवाहक दुवै सवारीमा ५ प्रतिशत भाडा वृद्धि गरेकाे छ । यसअघि भाडा समायोजन गर्दा डिजेलको मूल्य प्रतिलिटर रु. १८०.८३ थियो, हाल रु. २३५.८३ पुगेको छ, जुन ३०.४१% ले वृद्धि हो।
यही इन्धन मूल्यवृद्धिलाई आधार मानी नयाँ भाडादर लागू गरिएको विभागले जनाएको छ। गत चैत २५ गते केन्द्र सरकारले भाडा समायोजन गर्दा यात्रुवाहक सार्वजनिक यातायातमा १६.७१% वृद्धि हुँदा पहाडी क्षेत्रमा मालवाहक सवारीमा २१.६८% र तराई क्षेत्रमा मालवाहक सवारीमा १५.७५% वृद्धि गरिएको थियो।
यसरी, इन्धन मूल्य बढेसँगै सरकारले फेरि भाडा समायोजन गर्दै यात्रुवाहक तथा ढुवानी सवारीमा थप ५ प्रतिशत वृद्धि गरेको छ।
