
वैशाख १६ काठमाडाैं – कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ मा ओमानलाई जित्न ३०६ रनको लक्ष्य पाएको छ ।
जारी खेलमा ओमानले पूरै ५० ओभर खेलेर ८ विकेटको क्षतिमा ३०५ रन बनाएको हो । ओमानका लागि कप्तान जसप्रित सिंहले शतकीय पारी खेले । उनले ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गर्र्दै १३० रन बनाएका हुन् ।
जितेन रामानादीले ४३, आर्यान विष्टले ३५, हमाद मिर्जाले ३०, विनायक शुक्लालले २३ र आशिष ओडेडाराले २३ रन बनाए । नेपालका लागि सोमपाल कामीले ४ तथा दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले २–२ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?