Headlineपूँजी बजारबिशेष

एभरेष्ट कलर लिमिटेडद्वारा सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला

काठमाडाैं वैशाख १६ – एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ जारी गरिएकाे छ जसमा कुल ७९ हजार कित्ता सेयर निष्कासन गरिएकाे बताइएकाे छ ।

आईपीओ न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिने कँपनी स्राेतले जनाएकाे छ । यसका लागि आवेदन प्रक्रियामा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सि–आस्बा प्रणाली प्रयोग गरिनुका साथै ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने जनाइएकाे छ।

निष्कासन अवधि छिटोमा वैशाख २२ गते बन्द। हुने र माग वृद्धि भएमा वा आवेदन नपरेमा ढिलोमा वैशाख ३० गतेसम्म खुला रहनेछ। यस कार्यका बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेकाे लिमिटेडले बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button