Headlineअपराध घटनासमाचार

नयाँ शैलीमा नक्कली नाेट भिराउने गिराेह पक्राउ

काठमाडाैं वैशाख १४ – नेपाली नक्कली नाेटकाे धन्दामा लाग्ने केही गिरोहले थोरै सक्कली नोट लिएर त्यसको बदलामा दोब्बर नक्कली नोट दिने भन्दै सर्वसाधारणलाई झुक्याइरहेकाे अवस्थामा प्रहरीले ६ जना पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेहरूमा चितवनका सत्यनारायण चौधरी वर्ष ३८ र प्रवीन महतो वर्ष ३४, उदयपुरका योगबहादुर तामाङ वर्ष २६, मिलन कुमार तामाङ वर्ष ३८ र भविन्द्र कुमार तामाङ वर्ष ३६ समेत २८ वर्षीय रौतहटका मुना धामी छन् ।

पक्राउ परेकाहरूबाट २ वटा झोलामा ४० बण्डल नक्कली पैसा (कागजको बिटो), शैक्षिक भ्रमणको ब्यानर राखेर नम्बर प्लेट छोपिएको ईभी गाडी नम्बर बा. प्र. ०१–०३२ च ७३१२ र पल्सर मोटरसाइकल ना ४७ प ५४११ नम्बर रहेकाे प्रहरी स्राेतले जनाएकाे छ ।

प्रहरीले ६ जनाको गिरोहले केही साेझासादा मानिसहरूसंग ह्वाट्सअपमा र प्रत्यक्ष भेटेरै साे कार्य गरेकाे खुलेपछि पक्राउ गरी ठूलो मात्रामा नक्कली पैसा र सवारीसाधन बरामद गरेको छ, जसले सक्कली नोटको लोभ देखाएर ठगी गर्ने काम गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button