एसईई नतिजा वैशाख अन्तिम साता सार्वजनिक हुने पक्का

राष्ट्रिय परीक्षा बोर्डले यसपटक एसईईको नतिजा परीक्षा सकिएको एक महिनाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ। उत्तरपुस्तिका केन्द्रमै परीक्षण र छरितो प्रविष्टिका कारण नतिजा वैशाख अन्तिम साताभित्र प्रकाशित हुने अपेक्षा गरिएको छ। मुलुकभरका पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी भएको परीक्षाको नतिजा समयमै सार्वजनिक गर्न बोर्डले विशेष व्यवस्था गरेको छ।
१३ वैशाख २०८३ – ने.सं. ११४६ बछलाथ्वक दशमी आइतबार – २६ अप्रिल २०२६
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा वैशाख अन्तिम साताभित्र सार्वजनिक गर्ने तयारी पूरा गरेकाे छ । विगतमा तीन महिनाभित्र नतिजा प्रकाशन गर्ने परम्परा, यसपटक भने एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने भएकाे छ ।
परीक्षा नियन्त्रण कार्यालय राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालका अनुसार उत्तरपुस्तिका परीक्षण सकिएको, प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम जारी रहेकाे बताएका छन् ।
बाेर्डले प्राप्ताङ्क प्रविष्टि र रुजु सकेपछि नतिजा प्रकाशन प्रक्रिया सुरु हुने, लक्ष्य वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्ने बताउँदै सुरुमा १५ दिनमै नतिजा सार्वजनिक गर्ने छलफल भए पनि प्राविधिक समस्या आउन सक्ने देखिएकाले बढीमा एक महिनाभित्र सार्वजनिक गर्ने निर्णय गरिएकाे अर्यालले जानकारी दिए ।
यसपटक उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण, जनशक्ति पनि पर्याप्त खटाइएको थियाे । यस वर्ष जापानस्थित नेपाली विद्यालयका लागि छुट्टै केन्द्रमा २३ परीक्षार्थी सहभागी रहेकाे बाेर्डले जनाएकाे छ ।
एसईई चैत १८ देखि २९ गतेसम्म सञ्चालन, मुलुकभरबाट ५,१२,४२१ परीक्षार्थी सहभागी रहेकाेमा सहभागीमध्ये २,५७,६१३ छात्रा र २,५४,८०१ छात्र, कुल १,९६६ परीक्षा केन्द्र तोकिएको थियाे ।