Headlineप्रदेश खबर

वीरगन्जमा घरधनीको अनुचित व्यवहारप्रति महानगरको ध्यानाकर्षण

वीरगञ्ज वैशाख १०- वीरगञ्ज महानगरपालिकामा मेनरोड विस्तारका क्रममा घर भत्किएपछि अन्य स्थानका घरधनीहरूले भाडा बढाउने, अनाधिकृत धरौटी रकम माग्ने र बहालमा बसेका पसलेलाई दबाब दिने गुनासो बढ्दै गएकाे छ।

महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै स्थानीय व्यापारी र डेरावालहरूकाे चासाे र गुनासाे पश्चात् यस्तो कार्य नगर्न आग्रह गर्दै यदि कोही घरधनीले भाडा बढाउने वा अनाधिकृत रकम माग्ने कार्य गरेमा जरिवाना र कानुनी कारबाही हुने चेतावनी दिएकाे छ ।

महानगरपालिकाले निर्देशन जारी गर्दै घर, कोठा, सटर वा गोदाम बहाल गर्दा दबाबरहित यथार्थ भाडा दरमा सम्झौता गर्नुपर्ने बताउँदै सम्झौता पत्र सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरी राजस्व व्यवस्थापन महाशाखामा पेश गर्न अनिवार्य गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button