
क्रिकेट खबरः नयाँपरिवेश- वैशाख ८ गते – ने.सं. ११४६ बछलाथ्वक चतुर्थी
काठमाडाैं – त्रिवि क्रिकेट मैदानमा आज साँझ ५ बजे नेपाल र यूएईबीच दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेल हुँदैछ।
सोमबार भएको पहिलो खेल वर्षाले प्रभावित भई डीएल पद्धतिअनुसार यूएईले ६ विकेटले जितेको थियो। नेपालले दिएको ७८ रनको लक्ष्य यूएईले ७ बल बाँकी रहँदा पूरा गरेको थियो।
नयाँ संरचनामा रहेको नेपाली टोलीले पहिलो खेलमा अपेक्षित प्रदर्शन गर्न नसके पनि दोस्रो खेलमा सुधार गर्ने लक्ष्य लिएको छ। हेमन्त धामीले डेब्यू गरिसकेका छन् भने सन्तोष यादवले पनि अवसर पाउने सम्भावना छ।
नेपाल पहिलो जितको खोजीमा रहँदा यूएई लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा मैदान उत्रनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?