Headlineअपराध घटनासमाचार

प्रधानमन्त्री र गृहमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् धम्की दिएको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडाैं वैशाख ७ – सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङलाई धम्की दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बझाङको थलरा गाउँपालिका–४ निवासी २० वर्षीय साजन बिष्टलाई नियन्त्रणमा लिएको हो। उनले आफ्नो फेसबुक आईडी ‘सानु भाई’ नामक एकाउन्टमार्फत धम्कीपूर्ण भिडियो सार्वजनिक गरेका थिए।

प्रहरीका अनुसार उनले पूर्वप्रधानमन्त्री केपी ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री दीपक खड्कालाई तुरुन्त रिहा नगरे प्रधानमन्त्री तथा गृहमन्त्रीलाई गोली हान्ने चेतावनी दिएका थिए। आरोपित विष्टले एके–४७ जस्ता अत्याधुनिक हतियार काठमाडौं भित्रिएको दाबी गर्दै भिडियाे सार्वजनिक गरेका थिए।

वैशाख ५ गते सिनामंगलबाट पक्राउ परेका बिष्टलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार थप अनुसन्धानका लागि साइबर ब्यूरो पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button