
अब सरकारी कर्मचारीले महिनामा हाेइन पाक्षिकरूपमा तलब खान पाइने
७ वेशाख २०८३ – ने.सं. ११४६ बछलाथ्वक तृतीया (अक्षय) साेमबार – २० अप्रिल
काठमाडाैं – नेपाल सरकार अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ।
अबदेखि कर्मचारीहरूले महिनामा एकैपटक होइन, दुई चरणमा तलब पाउने व्यवस्था हुने कुरा मन्त्रालय स्राेतले जनाएकाे छ।
मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिँदै आगामी दिनमा अर्धमासिक रूपमा तलब वितरण गर्ने व्यवस्था लागू गर्ने जनाएको छ।
यसअघि कर्मचारीहरूले महिनाको अन्त्यमा मात्र तलब बुझ्दै आएका थिए, तर नयाँ प्रणालीले १५–१५ दिनमा तलब भुक्तानी हुने व्यवस्था गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?