
७ वेशाख २०८३ – ने.सं. ११४६ बछलाथ्वक तृतीया (अक्षय) साेमबार – २० अप्रिल
काठमाडाैं – नेपालमा हाल पश्चिमी स्थानीय वायु र पूर्वी क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशसहितका पहाडी र हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बादल रहने जनाएकाेछ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानहरू, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएकाे छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1