
वैशाख ६ काठमाडाैं – फागुन २१ गतेकाे निर्वाचन पश्चात् बहुमतका साथ सरकार चलाउन पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ ।
वेशाख ५ गते आइतबार बसेको पार्टीको सचिवालय बैठकले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले पत्रकारहरूकाे साेधाइकाे जानकारी दिएका छन् ।
पार्टीकाे केन्द्रीय कार्यालय वनस्थलिमा सचिवालय बैठक बसेको थियो । रास्वपाको भोलि (सोमबार) केन्द्रीय समिति बैठक बस्दैछ । केन्द्रीय समितिमा सचिवालय बैठकका एजेन्डा अनुमोदन गर्ने कार्यसूची तय भएको प्रवक्ताले बताएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?