
काठमाडाैं, वैशाख ६ -नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले वर्तमान सरकारसँग सुकुम्बासीकाे बासस्थान भत्काएर उजाड बनाएकाेप्रति आपत्ति जनाउँदै पुनर्वासको व्यवस्था नगरी घर भत्काएको भन्दै “अमानवीय” कदम रोक्न माग गरेकाे छ ।
नेकपाले प्रेस विज्ञप्ति जारी गर्दै महँगी नियन्त्रण माग अघि सार्दै नयाँ सरकार गठनपछि बढेको महँगी र कालोबजारी तत्काल नियन्त्रण गर्न आग्रह गरेकाे छ ।

त्यसैगरी वर्तमान सरकारले विद्यार्थी संगठनमाथि लगाएकाे प्रतिबन्ध संविधानविपरीत भन्दै अस्वीकार्य ठहर, लोकतान्त्रिक अधिकार खोस्ने प्रयासप्रति चिन्ता विज्ञप्तिमा दर्शाएकाे छ ।
सरकारले ट्रेड युनियन अधिकारमाथिकाे गतिविधिमा प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार र अन्तर्राष्ट्रिय सन्धि–सम्झौता उल्लङ्घन हुने चेतावनी दिंदै लोकतान्त्रिक शासन आग्रह: सरकारलाई लोकतान्त्रिक, उत्तरदायी र समावेशी बन्न आग्रह, उत्पीडित समुदायप्रति जिम्मेवार हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरेकाे छ ।
