Headlineसमाचार

काठमाडाैंकाे बिष्णुमति खोला किनारमा फेला परे पेस्ताेलसहितकाे गाेली

काठमाडाैं – काठमाडौं महानगरपालिका–१५ शोभा भगवतीस्थित बिष्णुमति खोला किनारमा आइतबार सरसफाइ टोलीले चार थान टाइप–५४ पेस्तोल, ५८ राउण्ड ९ एमएम बेरेटा गोली र सात थान म्यागजिन फेला पारेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार बरामद हतियार जेनजी आन्दोलनको क्रममा प्रहरीबाटै लुटिएको हुनसक्ने आशंका गरिएको छ। विशेष सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले हतियार बरामद गरेको हो।

बिष्णुमति खोला किनारमा सरसफाइ क्रममा ठूलो मात्रामा पेस्तोल, गोली र म्यागजिन भेटिएको छ, जसलाई पुरानो आन्दोलनसँग जोडिएको आशंका गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button