Headlineबिशेषसमाचार

वीरगञ्ज सडक छेउका अतिक्रमित घरटहरा भत्काउँदै

वीरगञ्ज – सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि वीरगञ्जमा मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरेको छ।

त्रिभुवन राजपथअन्तर्गत गण्डकचोकदेखि मितेरीपुलसम्म सडक विस्तारका लागि दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रमा बनेका संरचना हटाउन करिब एक दर्जन एक्जाभेटर प्रयोग गरिएको हो।

डिमिजन कार्यालयका इन्जिनियर भोला साहका अनुसार सर्वोच्च अदालतको फैसला र सङ्घीय सरकारको निर्देशनअनुसार अतिक्रमित संरचना भत्काउन सुरु गरिएको हो। करिब १ हजार २०० घरटहरा हटाइने जनाइएको छ।

घरधनी तथा व्यापारीहरूले भने कम सूचना दिँदा समस्या भएको गुनासो गरेका छन्। घण्टाघरका घरधनी कन्हैयालाल केशरीले पर्याप्त समय नदिएको कारण सरसमान हटाउन कठिन भएको बताए।

वीरगञ्ज महानगरका नगर प्रहरी प्रमुख हरि भुसालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नगर प्रहरीको निगरानीमा अतिक्रमित संरचना भत्काइएको हो।

जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ सूचना जारी गर्दै आज बिहान ४ः३० बजेभित्र अतिक्रमित संरचना हटाउन निर्देशन दिएको थियो। संरचना भत्काइएपछि आज दिउँसो १२ः३० बजेसम्म बिजुली तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button