Headlineसमाचार

तीव्र हावाहुरीका कारण जलेश्वरमा दुईजनाको मृत्यु चारजना घाइते

२०८२ वैशाख ६ – ने.सं. ११४६ बछलाथ्वक द्वितीया रविबार – १९ अप्रिल २०२६

काठमाडाैं, मधेस प्रदेश खबर (नयाँ परिवेश) – महोत्तरीको जलेश्वरमा शनिबार साँझ आएको तीव्र हावाहुरीका कारण रुख टेम्पुमाथि ढल्दा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

जलेश्वर–जनकपुर सडकखण्डमा ज१घ ४८५० नम्बरको टेम्पुमा सवार धनुषाकी शकुन्तला पण्डित र महोत्तरीका राहुल मल्लीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्, जसमध्ये टेम्पु चालक हरेन्द्र ठाकुर र मृतक राहुल मल्लीकी आमा फेकनी देवीको अवस्था गम्भीर छ। अन्य दुईजना सामान्य घाइते छन्।

हावाहुरीका कारण जलेश्वर नगरपालिका–९ र ११ क्षेत्रमा विद्युत् पोलमा रुख ढल्दा ३३ केभी र ११ केभी लाइनमा क्षति पुगेको छ। यसले सदरमुकाम जलेश्वरसहित आसपासका पिपरा, एकडारा, चकवा, मटिहानी, रिंग, सिटी र कट्टी फिडरअन्तर्गतका स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार ठुलो क्षति भएकाले आपूर्ति पुनः सञ्चालन गर्न कम्तीमा एकदेखि दुई दिन लाग्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button