Headlineअन्तराष्ट्रियसमाचार

दुई भारतीय झण्डा बोकेका जहाजमाथि स्ट्रेट अफ हर्मुजमा गाेली प्रहार

एपी/ न्यूज इण्डिया – २० लाख ब्यारेल इन्धन बोकेको दुई भारतीय झण्डा बोकेका जहाजमाथि इरानका गनबोटहरूले गोली चलाएको भारतीय सञ्चारकाे दाबी रहेकाे छ ।

उक्त घटनामा कुनै पनि व्यक्ति घाइते नभएको र जहाजहरूमा क्षति नपुगेको जनाए पनि घटनापछि दुबै जहाज, जुन ओमानको उत्तर–पूर्वतर्फको तेल व्यापारका लागि महत्वपूर्ण जलमार्गमा यात्रा गरिरहेका थिए । घटनापछि उनीहरू फर्किन बाध्य भएका छन्।

घटनामा संलग्न दुई जहाजमध्ये एक ठूलो कच्चा तेल बोक्ने जहाज (VLCC) हो, जुन अत्यन्त ठूलो आकारका र लामो दूरीको कच्चा तेल ढुवानीका लागि प्रयोग हुने ट्यांकर जस्ताे उक्त जहाजले २० लाख ब्यारेल बोकेको बताइएको छ।

घटनापछि नयाँ दिल्लीले इरानी राजदूतलाई बोलाएर गम्भीर चिन्ता व्यक्त गरेको भारतको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
1
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button