
२०८३ वैशाख ५ – बछलाथ्वक प्रतिपदा ११४६ – १८ अप्रिल २०२६
काठमाडाैँ – संघीय राजधानी काठमाडाैंकाे प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन वैशाख ५ शनिवार देखि काठमाडाैं महानगरपालिकाले सवारी साधन मुक्त असन ‘(भेहिकल फ्रि असन)’ कार्यक्रममने थालनी गरेको छ ।
महानगरपालिकाले जनाए अनुसार उक्त कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा ‘भेहिकल फ्रि असन’ कार्यक्रम प्रारम्भ भएको हो ।
महानगरपालिकाले असनकाे महत्त्व र अस्तित्त्व जगाउन हरेक शनिवार सञ्चालन हुने यो कार्यक्रम अवधिभर हरेक सवारी साधन प्रवेश निषेध गरिने जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?