Headlineबिशेषसमाचार

दोलखा विकास मञ्चको वार्षिक साधारण सभा र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

वैशाख ५ काठमाडौं – काठमाडौंमा रहेका दोलखा जिल्लावासीहरूको सामाजिक संस्था दोलखा विकास मञ्चले नयाँ वर्ष २०८३ सालको आगमनलाई स्वागत गर्दै एकआपसमा शुभकामना आदानप्रदान गनर्’का साथै मञ्चको वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थापक अध्यक्ष नेपालका वरिष्ठतम् जलविज्ञ ईञ्जिनियर आत्माकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको सो समारोहका सभापति निर्वतमान अध्यक्ष वरिष्ठ ईञ्जिनियर डा. महेन्द्रबहादुर कार्की रहेका थिए ।

विशेष अतिथिको रूपमा सहभागी जनाएका वागमती प्रदेश सरकारका पूर्व मन्त्री माननीय दीपेन्द्र श्रेष्ठले दोलखामा जन्मेर बाल्यकालदेखि हालको उमेरसम्म काठमाडौंमा हुर्केबढेपनि दोलखा नै आफ्नो जन्मघर भएको बताउन पाउँदा गौरव महसुस भएको बताउँदै बागमती प्रदेश सरकारको पर्यटन मन्त्री हुँदा दोलखाको विभिन्न ठाउँमा भ्रमण गर्दा पर्यटन विकासको खाँचो रहेको र पूर्वाधार विकास गर्न बाँकी रहेको र त्यसका लागि दोलखा विकास मञ्चसंग हातेमालो गर्दै आफू सदैव तैयार रहेको बताएका छन् ।

त्यस्तै अर्का विशेष अतिथि गत फागुन २१ गतेको आम निर्वाचनमा दोलखा जिल्लाबाट रास्वपा पार्टीबाट निर्वाचित सांसद ई. जगदीश खरेलले दोलखा विकास मञ्चले स्थानीय विकासकालागि केही पहलकदमी अगाडि बढाउन लागि परेको जानकारी भर्खरै मात्र पाएको बताउँदै दम्भरहित कदमको आवश्यकता रहेको बताएका छन् । सम्बोधनको क्रममा सांसद खरेलले दम्भले जस्तोसुकै महान् व्यक्तित्वको पनि अन्त हुन्छ भन्ने प्रसङ्गमा पुराणमा वलवान र सक्षम ठानिएका भगवानहरू पनि असफल भएको सन्दर्भ जोडे । त्यसैले स्थान विकासका लागि सबैको समन्वयात्मक सहकार्य हुन जरुरी रहेको बताए ।

त्यसैगरी समारोहमा कार्यक्रमको उद्देश्य बारेमा सभाध्यक्ष ईञ्जिनियर महेन्द्रबहादुर कार्कीले दोलखाको विकासका अजधारणा प्रस्तुत गर्दै स्थापनाकालदेखि नै दोलखाका विशिष्ट व्यक्त्त्विहरूसँग सहकार्य गर्दै स्थानीय विकासका विभिन्न विषयमा छलफल गरी राज्यका केन्द्रीय निकायसम्म कदम चालेको धारणा राखेका छन् ।

समारोहमा पूर्व साँसद एवं पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य आनन्द पोखरेलले दोलखाको विकासका लागि हरदम तैयार रहेको बताए । प्रमुख अतिथि ईञ्जिनियर आत्माकृष्ण श्रेष्ठले दोलखामा ईञ्जिनियर कलेजको अत्यन्तै जरुरी रहेका महसुस गरी विभिन्न निकायसम्ग समन्वय गरै जग्गादातासमेत तैयार हुँदासमेत स्थानीय निकायले चासो दिन आलटाल गर्दा काम अगाडि बढाउन नसकेकोमा दुःख लागेको बताए ।

संस्थापक अध्यक्ष ञ्जिनियर आत्माकृष्ण श्रेष्ठलाई मञ्चकाे तर्फबाट सम्मान गरिनुका साथै आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएकाे कार्यक्रममा नेपाल मानव अधिकारकर्मीका प्रवक्ता, चिकित्सक, ईञ्जिनियर, प्राध्यापक तथा दोलखाली पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो । मञ्चको नयाँ कार्यसमितिका लागि १९ सदस्यीय कमिटी तैयार भएपनि पदाधिकारी छनोट बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button