Headlineसंस्कृति पर्व
काठमाडाैंकाे मातातिर्थ र मुस्ताङकाे कागबेनीमा आमालाई श्रद्धा गर्नेहरूकाे भीड

वि.सं. २०८३ बैशाख ४ गते – ने.सं. ११४६ चाैलागाक औँसी तिथि बिहिबार – १७ अप्रिल २०२६
काठमाडाैं – आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन विशेष पर्वकाे रूपमा मनाइँदै छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई सत्कारपूर्वक उपहार दिएर मनाउने गरिन्छ ।
यसैगरी काठमाडाैंका. चन्द्रागिरिस्थित मातातीर्थ परिवेशमा यस औँसीको अवसरमा मुस्ताङको कागबेनीमा आमा नहुनेहरूले श्राद्ध गरेर यहाँ पिण्डदान गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

यस दिन मातातीर्थ औँसी परेकाले कागबेनीमा विशेष रूपमा भक्तजनहरूको ठूलो भिड लाग्ने गर्छ । यससंगै राज्यका विभिन्न स्थानमा रहेका ताल, तलाउ, पाेखरी, नदीतटमा र मनीदरहरूमा ठूलो भिड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?