Headlineसमाचारसंस्कृति पर्व

साँखुको प्रसिद्ध वज्रयोगिनी जात्रा भव्यताका साथ सम्पन्न

“साँखुको प्रसिद्ध वज्रयोगिनी जात्रा यस वर्ष चैत १२ गते प्रारम्भिक नगर परिक्रमा (पूर्वसूचना)सँगै सुरु भई चैत १९ गते पूर्णिमादेखि मुल जात्रा प्रारम्भ भएको हो। आठ दिनसम्म चलेको जात्रा आज अष्टमीका दिन सम्पन्न भएको छ। परम्पराअनुसार चैत अष्टमीबाट जात्रा सुरु भएको मानिन्छ र नगर परिक्रमा बाजा बजाएर गरिन्छ। यस अवधिमा साँखु नगरभित्र निर्माण कार्य, ऋण असुल्ने वा अन्य निषेधित गतिविधि नगर्ने चलन रहिआएको छ। जात्राले साँखुका गाउँहरूको कल्याण, खेतीपातीको समृद्धि तथा नगरवासीको सुखशान्तिको कामना गर्ने परम्परा निरन्तरता पाएको छ।”

साँखु काठमाडाैं – साँढे तीन हजार वर्षदेखि चल्दै एकाे शंखरापुर साँखुकाे वज्रयाेगिनी माइ जात्रा यसवर्षकाे चैत २७ गते भव्यताका साथ विदाइ गर्दै सम्पन्न भएकाे छ । प्रारम्भिक नगर परिक्रमा (पूर्वसूचना) स्वरूप चैत १२ गते सुरु भएको हाे ।

जात्राको प्रारम्भ वज्रयोगिनी देवतालाई मन्दिरबाट बाहिर निकाल्ने ‘क्वहाँ बिज्या’ (नगर सवारी) कार्यसहित गरिएको हो। चैते दसैँको दिन नाय्खीँ बाजा बजाएर नगर परिक्रमा गर्ने परम्पराले जात्राको सुरुवातको संकेत दिएको छ।

जात्रामा वज्रयोगिनी मन्दिरबाट वज्रयोगिनीसँगै चिभाः द्यः, सिंहमुखी र बाघमुखी मूर्तिलाई खटमा बोकेर साँखु नगरसम्म ल्याइन्छ। नागमालाले सजिएकी, भोटो लगाएकी, खड्ग र कमलको फूल धारण गरेकी तीन नेत्र वज्रयोगिनीको जात्रा गर्ने परम्परा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमादेखि वैशाख कृष्ण अष्टमीसम्म आठ दिनसम्म चल्ने गर्दछ।

गुठी परम्पराअनुसार पाँच थकाली गुर्जुसहित देवीलाई दाम, सुपारी र स्वयम्भू चैत्य चढाएर आठ दिनसम्म साँखु बजार परिक्रमा गरिन्छ। संस्कृतिविद् प्रकाशमान श्रेष्ठ सक्वका अनुसार यो जात्रा करिब तीन हजार तीन सय वर्षदेखि निरन्तर मनाइँदै आएको हो। नगर परिक्रमा गर्दा साँखुका ऐतिहासिक आठ गाउँको कल्याण, खेतीपातीको समृद्धि तथा महानगरवासीको सुखशान्तिको कामना गरिन्छ।

जात्रा अवधिमा साँखु नगरभित्र छालाका जुत्ता लगाउन, छाता ओढ्न, पुरानो घर भत्काउन वा नयाँ बनाउन, ऋण असुल्न तथा हात्ती–घोडा चढ्न निषेध गर्ने परम्परा छ। यस अवधिमा निर्माण कार्य गर्दा दुर्घटना हुने विश्वास भएकाले घर बनाउन वा भत्काउन नपाइने चलन रहेको बताइन्छ।

वज्रयोगिनी माई बस्तीमा सवारी गराउँदा बालाजु बाइसधारामा मेला लाग्ने परम्परा छ। चार मूर्ति बजारमा झारेपछि लप्सेफेदी, पालुबारी, गागल, इन्द्रायणी, चाँगुललगायत सात गाउँमा चार दिनसम्म खेतीपाती नगर्ने परम्परा पनि कायम रहेकाे छ। साथै यस जात्राकाे मूल जात्रापछि विवाहित चेलीबेटीहरूलाई जात्रा हेर्न र दर्शन गराइ भाेज खुवाउने चलन रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button