
काठमाडाैं – पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको पार्टी सचिवालयले जनाएकाे छ ।
पार्टी महासचिव शंकर पाेखरेलले जानकारी दिए अनुसार पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन आयोजना गरेको छ ।
चैत २४ गते सबै जिल्ला कमिटी वृहत कार्यकर्ता भेला आयोजना गर्ने र त्यसपछि पालिका, वडा, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम गर्ने निर्णय भएको महासचिव पोखरेलले बताए ।
पार्टीभित्र कुनैपनि समीक्षात्मक बहस र संवाद बिना नै वैशाख ३ गते वडा तहमा भेला, ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन प्रदर्शन गर्ने कार्यक्रम तय भएको एमालेले बताएको छ । उनका अनुसार वैशाख १२ गते राजधानी काठमाडौंमा विरोध प्रदर्शन एवं सभा आयोजना हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?