Headlineराजनितिसमाचार

एमाले सांसदहरूले प्रधानमन्त्री बालेन शाहसमक्ष केपी ओलीको रिहाइ माग राख्दा

काठमाडाैं – चैत १७ गते मंगलबार सिंहदरबारमा प्रधानमन्त्री बालेन शाहसँग सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूले छलफल गरेका छन्।

छलफलमा एमाले सांसदहरूले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइ माग राख्ने क्रममा सांसद ऐन महरले “यो क्रान्तिबाट आएको सरकार होइन, आवधिक निर्वाचनबाट आएको हो, राजनीतिक प्रतिशोध आवश्यक छैन” भनेका छन् ।

प्रधानमन्त्री शाहले भने यसबारे प्रत्यक्ष जवाफ नदिएकाे र सोमबार पनि धनकुटाका सांसद राजेन्द्रकुमार राईले रिहाइ माग गर्दा जवाफ आएको थिएन ।

सांसद गणेश ठगुन्नाले कर्मचारी तन्त्र सुधारको आवश्यकता औंल्याए। जवाफमा प्रधानमन्त्रीले कांग्रेस, एमाले र नेकपाको संयुक्त जिम्मेवारी रहेको उल्लेख गर्दै अब सबै मिलेर राम्रो गर्नुपर्ने धारणा व्यक्त गरे।

बैठकमा सेती लोकमार्ग, महाकाली करिडोर, गेटा मेडिकल कलेज, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गोकुलेश्वर विमानस्थल र धनगढी–दीपायल द्रुतमार्गको विषय पनि उठाइयो।

प्रधानमन्त्रीले यी परियोजनाहरू तत्काल अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् । भेटवार्ताले प्रदेश विकास र पूर्वप्रधानमन्त्रीको रिहाइ दुवै मुद्दामा दबाब र छलफलको संकेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button