Headlineमुख्यसमाचार

आजका मुख्य समाचार बुलेटिन

काठमाडाैं – राजनीति र सरकारः
शिक्षामन्त्री सस्मित पोखरेलले प्रवेश तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन्।
कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग गरिएको छ।
अख्तियारले धनकुटा जग्गा प्रकरणमा संलग्न व्यक्तिहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
कांग्रेस अनुशासन समितिले बुधबार बैठक बोलाएको छ।
पूर्वप्रधानमन्त्री ओली र लेखकको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता भएको छ।
जिल्ला अदालतले ओली र लेखकलाई ५ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।
नेकपा संयोजक प्रचण्डले पूर्वप्रधानमन्त्रीमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको बताएका छन्।
सर्वोच्च अदालतले रवि लामिछानेमाथि सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दा पूर्ण इजलासमा पेस गर्ने आदेश दिएको छ।
एमालेले अध्यक्ष ओलीको रिहाइ माग गर्दै ७७ वटै जिल्लामा ज्ञापन पत्र बुझाएको छ।
तिब्बत निर्वासित प्रशासन प्रमुखले प्रधानमन्त्री बालेन शाहलाई बधाई सन्देश पठाएका छन्।
सीआईबीले तीन पूर्वप्रधानमन्त्री देउवा, प्रचण्ड र ओली तथा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु गरेको छ।
प्रधानमन्त्री बालेन शाहले सचिवालयमा सल्लाहकार टिम गठन गरेका छन्।
नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन भएका छन्।

न्याय र कानुनः
ओली र लेखक पक्राउपछि अदालतमा पेश, म्याद थपको निर्णय अदालतले गरेको छ।
अख्तियारले धनकुटा जग्गा प्रकरणमा संलग्न कर्मचारी र व्यक्तिहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही माग गरेको छ।

अर्थतन्त्रः
नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्र संरक्षण रणनीति कार्यान्वयनलाई सकारात्मक लिएको छ।
नेप्सेमा ठुलो गिरावट, ७१ अंकले घटेर २८७९ विन्दुमा पुगेको छ।
सुनचाँदीको मूल्य बढेको छ- सुन तोलामा २ लाख ८६ हजार, चाँदी तोलामा ४७२० मा कारोबार भयाे।

खेलकुदः
पीएम कपमा त्रिभुवन आर्मीले बागमतीलाई ३ विकेटले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ।
अर्को खेलमा गण्डकीले एपीएफलाई ४३ रनले हराएको छ।

अन्तर्राष्ट्रिय खबरः
उत्तर कोरियाले नयाँ ठोस इन्धन क्षेप्यास्त्र इन्जिन परीक्षण गरेको छ, किम जोंग उनले प्रत्यक्ष अवलोकन गरेका छन्।
साउदी अरेबियामा इरानी आक्रमणबाट अमेरिकी सेनाको निगरानी विमान ई–३ सेन्ट्री क्षतिग्रस्त, १२ सैनिक घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button