Headlineसमाचारसाहित्य

लेखक सिद्धिबहादुर रञ्जितकारद्वारा लिखित पाँच पुस्तक एकै दिन लोकार्पित

काठमाण्डौँ – नेपालका धर्म संस्कृति साथै सामाजिक विषयका अनुसन्धानकर्ता सिद्धिबहादुर रञ्जितकारद्वारा लिखित पाँचवटा पुस्तक एकैदिन लोकार्पण भएको छ ।

नेपाल मण्डल संस्कृति संरक्षण अभियानको आयोजनामा आज काठमाडौंमा भएको सो लोकार्पण समारोहलाई अभियानका अध्यक्ष कुमार रञ्जितद्वारा कार्यक्रमबारे परचियात्मक जानकारीसहित सभापतित्व ग्रहण गरेका थिए ।

प्रमुख अतिथि प्रा.डा. वीणा पौडेलद्वारा उद्घाटित समारोहमा लेखक सिद्घिबहादुर रञ्जितकारद्वारा लिखित पाँच पुस्तक अनौठो यात्रा, नेपाः सभ्यता, अरनिको, ‘नेवाः कल्चर एण्ड रेलिजिअन’ र ‘एनसाइन्ट एण्ड कन्टेम्पोररी कल्चर अफ नेपाल’ नामक पुस्तकको लोकार्पण प्रमुख अतिथि लगायत साहित्य लेखन तथा समालोचक विज्ञहरूद्वारा गरिए ।

पुस्तकहरूबारे समीक्षा ‘अनौठो यात्रा’ प्रकाशप्रसाद उपाध्याय, ‘अरनिको’बारे डा.अणुराज जोशी (वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीका सुपुत्र), ‘नेपाः सभ्यता’बारे डा. गोपाल धौबञ्जार, ‘नेवाः कल्चर एण्ड रेलिजिअन’बारे प्रा.डा. वीणा पौड्याल र ‘एनसाइन्ट एण्ड कन्टेम्पोररी कल्चर अफ नेपाल’ लेखक स्वयंले गरेका थिए ।

लेखक रञ्जितकारलाई सम्मानपत्र प्रदान गरिएको सो कार्यक्रम सञ्चारकर्मी नानी हेरा शाक्यद्वारा सञ्चालित थियो । कार्यक्रममा विभिन्न विषय विधाका प्राध्यापक, विश्लेषक, समालोचक, संस्कृतिविद् एवं समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्तमा लेखक रञ्जितकारको परिवारको तर्फबाट उनकै बुहारी डा. सुष्मा लामा रञ्जितकारले पुस्तक लोकार्पण कार्यक्रमका आयोजक, सञ्चालक, समीक्षक तथा अतिथिवर्गलाई धन्यवाद दिएसँगै सभापति कुमार रञ्जितबाट सभा समापनको घोषणासहित समारोह सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button