Headlineमुख्यसमाचार

आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लाने नयाँ मन्त्रिपरिषदकाे पहिलाे निर्णय

वि.सं. २०८२ चैत १३ गते – ने.सं. ११४६ चाैलाथ्वक नवमी तिथि शुक्बार – २७ मार्च २०२६

काठमाडाैं – नेपालकाे नवनिर्वाचित सरकार २०८२ को पहिलो मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लाने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

वालेन्द्र शाह मन्त्रिपरिषद्को पहिलो बैठकलेले २३ र २४ भदौको जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लाने निर्णय गरेको हो ।

आजै प्रधानमन्त्री नियुक्त भएका शाहले पहिलो मन्त्रिपरिषद् राखेका थिए । बैठकले शिक्षा मन्त्री सस्मित पोखरेललाई सरकार प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
१. भदौ २३ र २४ गतेको जेन–जी, अहिलेसम्म भएका आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने ।
२. सरकारको प्रवक्तामा शिक्षा मन्त्री सस्मित पोखरेल नियुक्त गर्ने ।
३. शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने ।
४. जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button