Headlineसमाचारसाहित्य

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठीको तयारी

यस वर्षको मुख्य विषय ‘परिवर्तित नेपाली समाजका आयाम’ रहनेछ

वि.सं. २०८२ चैत १२ गते – ने.सं. ११४६ चाैलाथ्वक अष्टमी तिथि बिहीबार – २६ मार्च २०२६

काठमाडाैं – ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल सन्देशसहित प्राज्ञिक कार्य गर्दै आएको नेपाल प्रज्ञा–प्रतिष्ठानले सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठी–२०८२ आयोजना गर्ने भएको छ।

सहायक विषयहरूमा सामञ्जस्य, जलवायु परिवर्तन, विद्यालय पाठ्यक्रम र सिकाइ सक्षमता, जेन्जी आन्दोलनपछिको राजनीति, पशुअधिकार, सामाजिक सञ्जाल, जनजातीय पहिचान, पर्यटन र आर्थिक विकास, अन्तरसामुदायिक सम्बन्ध, भूराजनीति, जनस्वास्थ्य, न्यायिक समानता लगायतका विविध विषय समेटिनेछन्।

प्रतिष्ठानले यसका लागि शोधमूलक लेख/रचना पठाउन अनुरोध गरेको छ। लेख नेपाली भाषामा प्रीति फन्टमा टाइप गरिएको, ३०००–४५०० शब्दको, संरचनागत खण्डहरू सहित, एपीए सात प्रणालीमा सन्दर्भ दिइएको, अन्यत्र प्रकाशित नभएको र भाषिक शुद्धता भएको हुनुपर्नेछ। उत्कृष्ट लेखहरू विज्ञसमीक्षित गरी ‘समाज अन्वेषण’ जर्नलमा प्रकाशन गरिनेछ।

लेख बुझाउने अन्तिम मिति २०८३ वैशाख २५ तोकिएको छ। स्वीकृत/अस्वीकृतको सूचना जेठ ५ भित्र दिइनेछ भने कार्यक्रम तालिकासहित निमन्त्रणा जेठ १० भित्र पठाइनेछ। प्रस्तुतिका लागि पावर पोइन्ट जेठ १३ सम्म बुझाउनुपर्नेछ। लेखहरू इमेलमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ।

रचना पठाउनुपर्ने ठेगानाः rishalkaushila369@gmail.com. या mukttinatha@gmail.com मा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button