Headlineबिशेषसमाचारस्वास्थ

विश्व क्षयरोग दिवस २०२६ : “हो, हामी TB अन्त्य गर्न सक्छौं”

“TB निको हुने रोग हो — समयमै जाँच गरौं, पूरा उपचार गरौं, र TB मुक्त समाज निर्माण गरौं।” भन्ने जानकारीमूलक सन्देशका साथ नेपाल मेडिकल कलेज अत्तरखेल जाेरपाटीले थप जानकारी अथवा स्वास्थ्य परामर्शका लागि नेपाल मेडिकल कलेजकाे मेडिसिन विभागमा सम्पर्क राख्न अनुराेध गरेकाे छ ।

वि.सं. २०८२ चैत १० गते – ने.सं. ११४६ चाैलाथ्वक षष्ठी तिथि मंगलबार – २४ मार्च २०२६

काठमाडाैं – प्रत्येक वर्ष मार्च २४ मा मनाइने क्षयराेग दिवस नेपालमा पनि विविध जानकारीसहित सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

काठमाडाैं जिल्लाकाे गाेकर्णेश्वर नगरपालिका वडा नं. ८ काे अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले “हो, हामी TB अन्त्य गर्न सक्छौं” भन्ने अवधारणाका साथ याे दिवसलाई सम्मानसहित आत्मसात् गरिरहेकाे छ ।

सन् १८८२ मा वैज्ञानिक रोबर्ट कोचले क्षयरोग गराउने जीवाणु पत्ता लगाएर त्यसकाे निर्मूल पार्नका लागि दिएकाे याेगदानकाे कदर गर्दै प्रत्येक वर्ष मार्च २४ मा विश्व क्षयरोग (TB) दिवस मनाइन्छ। जसले उपचार र नियन्त्रणमा ठूलो योगदान पुर्‍याएकाे छ।

क्षयरोग मुख्यत: जीवित प्राणीकाे फोक्सोमा असर गर्ने संक्रामक रोग हो, जुन हावामार्फत एक प्राणी (व्यक्ति)बाट अर्कोमा सहजै सर्छ। विगतमा याे राेगकाे निदानबारे ज्ञान नहुँदा धेरै मान्छेकाे मृत्यु भएकाे थियाे । पछिल्लाे समयमा यो रोग उपचारयोग्य र नियन्त्रणयोग्य रहेकाे ज्ञान मिलेपछि धेरैकाे ज्यान बचाउन सकिएकाे छ।

क्षयराेगका लक्षणहरूः दुई हप्ता भन्दा बढी खोकी लागिरहनु, ज्वरो आउनु र राति पसिना आउनु, तौल घट्नु र छाती दुख्नु मुख्य हाे ।

रोकथाम र उपचारः समयमै जाँच र औषधि सेवन आवश्यक हुन्छ। TB पूर्ण रूपमा निको हुने रोग हो। बालबालिकालाई BCG खोपले सुरक्षा दिन्छ। तर उपचार अधूरो छाडे औषधि प्रतिरोधी TB हुन सक्छ।

नेपालमा TB नियन्त्रणका लागि निःशुल्क परीक्षण र उपचार सेवा उपलब्ध छ। जनचेतना कार्यक्रम सञ्चालन भइरहेको छ। सरकारी तथा स्वास्थ्य संस्थाहरू सक्रिय रूपमा काम गरिरहेका छन्।

“TB निको हुने रोग हो — समयमै जाँच गरौं, पूरा उपचार गरौं, र TB मुक्त समाज निर्माण गरौं।” भन्ने जानकारीमूलक सन्देशका साथ नेपाल मेडिकल कलेज अत्तरखेल जाेरपाटीले थप जानकारी अथवा स्वास्थ्य परामर्शका लागि नेपाल मेडिकल कलेजकाे मेडिसिन विभागमा सम्पर्क राख्न अनुराेध गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button