Headlineअपराध घटनासमाचार

अवैध लागूऔषध प्रयाेग काराेबारमा संलग्न ७ जना विभिन्न स्थानबाट पक्राउ

वि.सं. २०८२ चैत ८ गते – ने.सं. ११४६ चाैलाथ्वक चतुर्थी तिथि आइतबार – २२ मार्च २०२६

काठमाडाैं – काठमाडौं, सुनसरी, झापा, कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले शनिबार सात जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ।

काठमाडौं जिल्लाकाृ बुढानिलकण्ठबाट चेत बहादुर रम्तेललाई खैरो हेरोइन जस्तो देखिने पदार्थ, नगद र डिजिटल तराजुसहित पक्राउ गरिएकाे छ । सुनसरी जिल्लाकाे इनरुवा नगरपालिकाबाट मिलन तामाङ र सुवास राईलाई ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरिएकाे छ ।

सुनसरी जिल्लाकै धरान नगरपालिकाकाे पवन सापकोटालाई ट्रामाडोल र स्पास्पेन ट्याब्लेटसहित पक्राउ गरिएकाे छ भने झापा जिल्लाकाे बिर्तामोडका सन्तोष प्रसाईलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगदसहित पक्राउ गरिएकाे छ ।

त्यसैगरी कञ्चनपुर जिल्लाकाे बेलौरी भन्ने ठाउँबाट डम्बर सिंह कुँवरलाई भारतबाट ल्याएको खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरिएकाे छ भने कैलालीकाे धनगढी क्षेत्रमा रहेका बलराम रानाल ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ परेका छन् ।

प्रहरीले सबै घटनामा आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button