
“शान्ति र समावेशीकरणको लागि पुलको रूपमा कविता” मूल नाराका साथ आज मार्च २१ तारिखमा संसारभर कविता दिवस मनाइँदै छ । नेपालमा पनि विविध कार्यक्रमका साथ मनाउने गरिन्छ ।
यो दिवसलाई संयुक्त राष्ट्रसङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन यूनेस्काेले सन् १९९९ मा कविता दिवस मनाउने निर्णय गरेर मनाउन थाले पनि नेपालमा भने सन् २००२ देखि कविता दिवस मनाउन थालिएको हाे ।
यस दिवसकाे दिनमा कविता वाचन, काव्य विमर्श, कविहरुको सम्मान गरिनुका साथै कविताकाे बारेमा चिन्तन मननकाे बहस तथा अन्तर्क्रिया कार्यक्रमहरू सञ्चालन गर्ने गरिन्छ ।
साहित्यिक जगतमा एउटा महत्त्वपूर्ण विधा कविता हाे । यसले विविध समुदाय, भाैगाेलिक धरातल, प्रकृति, समाज र संस्कृतिलाई जोड्ने, समझदारी बढाउने, सामाजिक सद्भाव प्रवर्द्धन गर्ने शक्तिशाली माध्यमकाे रूपमा लिइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Tap into a new revenue stream—become an affiliate partner!