Headlineमुख्यसमाचार

विगत २४ घण्टाका मुख्य समाचार संक्षेप

राजनीति

रवि लामिछाने प्रकरणमा सर्वोच्च अदालतले सुनुवाइ निरन्तर गर्ने आदेश जारी गरेको छ । दलगत नेतृत्व चयन: विभिन्न दलहरूले संसदीय दलको नेता चयन गर्ने गृहकार्य अघि बढाएका छन्। कांग्रेसमा युवालाई नेता बनाउन माग, एमालेमा रामबहादुर थापाको सम्भावना, राप्रपामा ज्ञानेन्द्र शाहीको नाम चर्चामा छ । रास्वपा (RSP)बाट १३ जना केन्द्रीय समिति सदस्यहरू समानुपातिक सांसदमा निर्वाचित भएका छन् ।

अर्थतन्त्र

इन्धन मूल्यवृद्धि सन्दर्भमा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ र डिजेल १० रुपैयाँले बढाइएको छ । पछिल्लो २४ घण्टामा सुन र चाँदीको मूल्य घटेको छ । पश्चिम एसियामा बढ्दो तनावले वैदेशिक रोजगारीको अवसरमा ठूलो धक्का पुगेको विश्लेषण ।

समाज र अपराध

अमेरिकामा नेपाली परिवारको हत्याबारेकाे समाचारमा ‘बडी क्यामरा’ भिडियो सार्वजनिक भएपछि व्यापक चर्चा चलेकाे छ ।अख्तियारमा नियुक्ति विवाद चुलिएसंगै आयुक्त बन्न विज्ञान शर्माको लबिङबारे समाचारले बजार तातेकाे छ ।

वातावरण र मौसम

जुम्लामा वनडढेलोका कारण करिब ३३० हेक्टर वन क्षेत्र जलेर नष्ट भएको छ । पश्चिमी र स्थानीय वायु प्रणालीको प्रभावले आज विभिन्न प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना छ । अर्घाखाँचीमा सम्भावित वनडढेलो नियन्त्रणका लागि टोली गठन गरिएको छ ।

अन्तर्राष्ट्रिय

इरानमा तेल लिन जाने क्रममा इरानी सेनाले एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएको समाचारले सबैकाे ध्यान तानेकाे छ ।‘स्ट्रेट अफ हर्मुज’मा पेट्रोडलरको अन्त्यका सन्दर्भमा पश्चिम एसियाली तनावसँग सम्बन्धित महत्वपूर्ण आर्थिक समाचार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button