Headlineघटना दुर्घटना

सर्लाही र माेरङकाे सवारी दुर्घटनामा दुई जनाको मृत्यु

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं, ५ चैत-
सर्लाही जिल्लाकाे बागमती नगरपालिका-२ मा १ जना र माेरङ जिल्लाकाे सुन्दरहरैंचा नगरपालिका-५ काे सडकमा भएकाे दुर्घटनामा दुई जनाको मृत्यु भएकाे छ ।

केन्द्रीय प्रहरी समाचार कक्षबाट प्राप्त जानकारी अनुसार सर्लाहीकाे बागमती न.पा.-२ सानो डाबरीस्थित एनसेलको टावर नजिकै ना.१ क ७३८२ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने श्याम गोलेको छोरा अन्दाजी २ वर्षीय यनस गोलेको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै मोरङ, सुन्दरहरैंचा नगरपालिका-५ बाँसबारीस्थित सडकमा प्र.२-०१-००१ ख ००३८ नम्बरको टिपर र को.२५ प ३४८४ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका-४ बलिया बस्ने १७ वर्षीय मौसम काफ्लेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षले दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button