Headlineनिर्वाचन फागुन २१ खबरसमाचार
२०८२ फागुन २१ काे निर्वाचनमा ३३% (प्रतिशत) महिला काेटाले पायाे पूर्णता

काठमाडाैं – गत फागुन २१ मा भएकाे निर्वाचनमा २७५ सदस्यीय प्रतिनिधिसभामा १७९ पुरुष र ९६ महिलाकाे संख्यामा पूर्णता दिंदै ३३.१५७% प्रतिशतमा निर्वाचित भएका छन् ।
पछिल्लाे संशाेधित संविधानमा उल्लेख भए अनुसार महिला संख्यामा पूर्णता भएकाे जानकारी गराउँदै निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले खसआर्य समूहतर्फ ४९.०९ निर्वाचित भएकाे बताएका छन् ।
त्यसैगरी समावेशीमा आदिवासी जनजाति समूहतर्फ २१.०९, थारु समूहतर्फ ३.२७, दलित समूहतर्फ ६.१८, मधेसी समूहतर्फ १६.७३ र मुस्लिम समूहतर्फ ३.६४ प्रतिशत सदस्य निर्वाचित भएको निर्वाचन आयोगले बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?