Headlineराजनितिविचार

‘अब परिवर्तन चाहिन्छ : नयाँ जनादेश‘ आम नागरिककाे भावना

नयाँ जनादेश, पुरानै खेल

पछिल्लो प्रतिनिधि सभा निर्वाचनले नेपाली राजनीतिमा ठूलो मोड ल्याएको छ। जनताले परिवर्तनको पक्षमा मतदान गर्दै परम्परागत दललाई पराजित गरे पनि समानुपातिक सूचीमा फेरि पुरानै प्रवृत्ति दोहोरिएको देखिन्छ।

समयसँगै परिवर्तन भएकाे नेपालकाे राजनीतिमा आम नागरिककाे चाहना बमाेजिम युवापुस्ताको सक्रिय सहभागिताले यस पटककाे निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ जनादेश पाएको छ।

यही निर्वाचनकाे नतिजाले परिमार्जित गतिविधि देखाए पनि देशका ठूला पार्टी भनिएका नेपाली कांग्रेस, एमाले र नेकपाले समानुपातिक सूचीमा फेरि पुराना नेताहरू, मन्त्री भइसकेका अनुहार र आफन्तलाई प्राथमिकता दिनुमा ती दलहरूमा अझै चेत नखुलेकाे हाे कि भन्ने प्रश्न विज्ञ र विश्लेषकहरूले तेर्साएका छन्।

तथ्यांकअनुसार २७५ मध्ये करिब ८२% सांसद नयाँ अनुहार भए पनि विगतमा लाेकप्रिय मानिएका दलहरूको सूचीले पुरानै शैली दोहोर्याएको देखिन्छ। यता जनताबाट अधिकतम बहुमत पाएका रास्वपाले भने नयाँ अनुहारलाई प्राथमिकता दिँदै संसद् पठाउने तयारी गरेको छ।

जनताले दिएको सन्देश स्पष्ट छ,“अब परिवर्तन चाहिन्छ।” तर दलहरू जनताको सन्देश बुझ्न अझै असफल देखिन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button