Headlineबिशेषराजनिति

राप्रपाको इज्जत ज्ञानेन्द शाहीले जोगाए, रविन्द्र मिश्रको टिप्पणी माैलाए

काठमाडाैं २९ फागुन – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही जुम्लाबाट प्रत्यक्षतर्फ विजयी भएका छन्। यस जितसँगै उनले जुम्लाको राजनीतिक इतिहासमै नयाँ रेकर्ड कायम गरेका छन्।

यसअघि कुनै पनि सांसदलाई दोहोर्याएर नचुन्ने जुम्लाबासीले यसपटक भने शाहीलाई दोस्रो पटक संसद्‌ भवन पठाएका हुन्। देशभर प्रत्यक्षतर्फका १६५ सिटमध्ये चुनाव जित्ने उनी राप्रपाका एक्ला उम्मेदवार बनेका हुन्।

यसै सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रविन्द्र मिश्रले जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीप्रति धन्यवाद ज्ञापन गर्दै विशेष टिप्पणी गरेका छन्। मिश्रले शाहीले राप्रपाको इज्जत जोगाएको धारणा उल्लेख गर्दै शुभकामना दिएका छन्।

उनले शाहीलाई राजसंस्था पुनर्स्थापनाको पक्षमा निरन्तर आवाज बुलन्द गरेको भन्दै प्रशंसा गर्नुका साथै प्रजातन्त्रका कमजोरी भए पनि नेपालका लागि अपरिहार्य छ, त्यस्तै राजसंस्थाका कमजोरी भए पनि देशको दीर्घकालीन हितका लागि अपरिहार्य रहेकाे बताएका छन् ।

मिश्रले व्यक्तिगत वा राजनीतिक स्वार्थका कारण राजसंस्थाको एजेन्डालाई धोका नदिन आग्रह गर्दै विगतमा कतिपय नेताहरूले व्यक्तिगत लाभका लागि धोका दिएको आरोप लगाउनुका साथै उनले राजसंस्थाको मुद्दालाई नयाँ धरातलमा पुर्याउन शाहीलाई प्रेरित गर्दै नेपाल भूराजनीतिक चुनौतीमा परेको उल्लेख गरेका छन्। उनका अनुसार देशलाई बचाउन आन्तरिक शक्तिहरूको एकता र नवीन समझदारी अपरिहार्य रहेकाे जनाएकाे छ।

मिश्र काठमाडाैंकाे निर्वाचन क्षेत्र नं. १ बाट यसपटक समेत गरेर तीनपटक पराजित भएका राप्रपाका गतिशील नेता हुन् । उनी राजनीतिक धारमा रहे पनि साहित्यिक विधामा पनि अनुभवी देखिन्छ । हरेक भेटघाटमा कविता सुनाएरै राजनितिक संवाद ।सुरुवात गर्न रुचाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button