Headlineनिर्वाचन फागुन २१ खबरबिशेष

समानुपातिकतर्फ रास्वपाले ५७ सिट पाउने पक्का

संघीय संसदमा कम्तीमा ३३ प्रतिशत महिला अनिवार्यः ४७ सिटमा महिला सांसदकाे टुंगाे लगाउँदै रास्वपाः

काठमाडैं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ ५७ सिट प्राप्त गर्ने देखिएको छ।

कुल १ करोड ८ लाखभन्दा बढी सदर मतमध्ये करिब ४७ प्रतिशत मत हासिल गर्दै रास्वपा ११० समानुपातिक सिटमध्ये बहुमतमा पुगेको हो। प्रत्यक्षतर्फ अधिकांश उम्मेदवार पुरुष भएकाेले रास्वपाले संसदमा समानुपातिकबाट महिला अधिक समावेश गरिने प्रबल सम्भावना रहेकाे छ ।

संविधानअनुसार संघीय संसदमा कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य पुर्‍याउनुपर्ने भएकाले रास्वपाले प्राप्त गरेको ५७ सिटमध्ये ४७ सिटमा महिला पठाउनुपर्ने देखिन्छ। समावेशी व्यवस्थाअनुसार खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु र मुस्लिम समूहमा पनि महिला प्रतिनिधित्व उच्च रहनेछ।

हालसम्म दलहरूले निर्वाचन आयोगमा उम्मेदवारको नामावली पठाएका छैनन्। आयोगले समूहगत सिट संख्या पठाएपछि मात्र दलहरूले अन्तिम सूची पेस गर्नेछन्। तर सूची तयार गर्दा पछिल्लो क्रममा रहेका उम्मेदवारको नाममा हेरफेर गर्ने अधिकार दलसँग रहनेछ।

रास्वपाको समानुपातिक सफलता केवल संख्यात्मक उपलब्धि मात्र होइन, संसदमा महिलाको अभूतपूर्व प्रतिनिधित्व सुनिश्चित गर्ने अवसर पनि हो। यसले नेपालको राजनीतिक संस्कृतिमा लैंगिक सन्तुलन र समावेशीकरणलाई नयाँ स्तरमा पुर्‍याउने अपेक्षा गरिएको छ।

खस आर्यबाट सम्भावित १४ महिला
प्रतिभा रावल
रचना खतिवडा
लिमा अधिकारी
विदुषी राणा
समिक्षा बास्कोटा
श्रद्धा कुँवर
टीका संग्रौला
क्रान्तिशिखा धिताल
आकृति अवस्थी
सृष्टि भट्टराई
मञ्जु भुसाल
प्रभा कार्की
शोभा खनाल
रमाकुमारी थापा

आदिवासी जनजातितर्फका सम्भावित १४ महिला
बसुमाया तामाङ
गंगा छन्त्याल
सुम्निमा उदास
अनुष्का श्रेष्ठ
ओजस्वी शेरचन
सिर्जना श्रेष्ठ
रजनी श्रेष्ठ
कुशुम महर्जन
भूमिका श्रेष्ठ
प्रमिला कुलुजु
सुजाता तामाङ
कृपा महर्जन
एलिजा गुरुङ
जिना बिष्ट

मधेशीबाट सम्भावित ८ महिला
पुनमकुमारी अग्रवाल
निशा मेहता
ललिता कुमारी
अंकिता ठाकुर
सरिता महतो
कामिनी कुमारी
सुनिता कुमारी चौधरी
पुनम साह

दलितबाट सम्भावित ६ महिला
रीमा विश्वकर्मा
अमृता विक
सीता बादी
स्मृति सेन्चुरी
सुष्मा स्वर्णकार
तारा विश्वकर्मा

थारूबाट सम्भावित २ महिला
गीता चौधरी
करिस्मा कठरिया

मुस्लिमबाट सम्भावित ३ महिला
समिना मिया
अफ्साना बानु
गलाजा शमीम मिकरानी

यसरी पूर्णता पाउनेछ रास्वपाकाे सांसदले संघीय संसदमा । (उम्मेदवार तस्बिर साभारः समताप्रेस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button