फागुन २१ गतेकाे निर्वाचनकाे परिणाममा देखियाे झण्डै ३ उम्मेदवारकाे जमानत जफत

३५० जना उम्मेदवारकाे मतसंख्या शून्य
काठमाडाैं – निर्वाचन आयोगको विवरणले फागुन २१ गते भएकाे निर्वाचनकाे अन्तिम मत परिणाम निस्कँदा झण्डै ३ हजार उम्मेदवारकाे जमानत जफत भएकाे छ ।
निर्वाचनले एउटा रोचक पक्ष देखाएको छ कि प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका कुल ३६ सय भन्दा माथिका उम्मेदवारमध्ये २,८९० जनाले आफ्नो धरौटी जोगाउन नसकेकाे तथ्यांकमा उल्लेख छ ।
कुल उम्मेदवारमध्ये २,८९० जनाको जमानत जफत भएको छ भने ३५० जनाले एक भोट पनि नपाउँदा उनीहरूले आफ्नै मत वा परिवारजनको मतसमेत नपाएको संकेत देखाएकाे छ ।
कुल उम्मेदवारमध्इे ५१६ जनाले मात्र सदर मतको १०% भन्दा बढी मत प्राप्त गरेर जमानत जोगाएकाे देखिन्छ । कानुनअनुसार, १०% भन्दा कम मत पाउने उम्मेदवारको धरौटी रकम राज्यको ढुकुटीमा जाने व्यवस्था छ। जमानत जोगाउन सफल उम्मेदवारले अन्तिम नतिजा सार्वजनिक भएको मितिबाट ९० दिनभित्र निवेदन दिएपछि रकम फिर्ता पाउनेछन्।
यसले देखाउँछ कि निर्वाचनमा उम्मेदवार बन्ने संख्यामा ठूलो वृद्धि भए पनि जनताले समर्थन नगरेसम्म आर्थिक जोखिम पनि रहन्छ। धरौटी प्रणालीले उम्मेदवारलाई गम्भीरतापूर्वक चुनावमा प्रतिस्पर्धा गर्न प्रेरित गर्ने उद्देश्य राख्छ।