Headlineनिर्वाचन फागुन २१ खबर

प्रतिनिधि सभाको समानुपातिक निर्वाचन मतगणनामा कसकाे कति ?

काठमाडाैं फागुन २७ – मतगणना प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना बुधबार बिहानसम्म जारी रहेको निर्वाचन आयोगले जनाएकाे छ ।

मतगणनाकाे पछिल्लो विवरण अनुसार हालसम्म कुल १ करोड ७ लाख २० हजार ५६७ मत गणना भइसक्दा छिल्लो नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख २९ हजार ६१९ मत प्राप्त गरेको छ।

यसैगरी, दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १७ लाख ४५ हजार ९७४ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको एकालृले १४ लाख ४७ हजार ६६४ मत ल्याएको छ । नेपाली कम्युनिष्ट पार्टी ८ लाख २ हजार ७४३ मतका साथ चौथो स्थानमा देखिएको छ।

त्यस्तै, निर्वाचन आयोगले श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ४७८ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा ३ लाख २९ हजार १९७ मत खसेको बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button