Headlineनिर्वाचन फागुन २१ खबरसमाचार

निर्वाचन सुरक्षार्थ भर्ती गरिएका निर्वाचन प्रहरीहरूकाे फागुन २८ गते विदाइकाे तैयारी

२६ फागुन २०८२ काठमाडाैं-

नेपाल प्रहरीले प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछिकाे समयावधि सकिएपछि निर्वाचन प्रहरीलाई बिदाइ गर्ने तयारी गरेको छ।

फागुन २१ गते हुने निर्वाचनका लागि नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्र प्रहरीले १५ हजार ११० जना गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी ४० दिनका लागि भर्ना गरेका थिए।

यही फागुन २८ गते देशैभरका प्रहरी कार्यालयबाट ‘धन्यवाद पत्र’ सहित उनीहरूलाई बिदाइ गरिनेछ। निर्वाचन प्रहरीलाई जनही ३४ हजार ७७६ रुपैयाँ तलब, रासन, आउजाउ खर्च, खाजा खर्च र पोसाकबापत छुट्टै सुविधा प्रदान गरिएको छ।

निर्वाचनकाे क्रममा ड्युटीमा खटिँदा ११ जना निर्वाचन प्रहरी र एक जना नेपाल प्रहरी असईको दुर्घटनामा र अकल्पित घटनामा मृत्यु भएको छ। मृतकका परिवारलाई २० लाख रुपैयाँ बीमा रकम उपलब्ध गराइनेछ।

बिरामी भएका प्रहरीहरूको उपचार सरकारले गरेको जानकारी गृहमन्त्रालय स्राेतले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button